मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
गणेश लम्साल विराटनगर
२०७९ पौष १७ आइतबार ११:४७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ सभाको पहिलो अधिवेशन आजदेखि

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ पौष १७ आइतबार ११:४७:००

प्रदेश १ मा  दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ। ११ पुसमा नवनिर्वाचित सांसदहरूको शपथग्रहण सम्पन्न भएपछि आज आइतबार दिउँसो १ बजे दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन सुरु हुन लागेको हो।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार दोस्रो प्रदेश सभाको प्रथम अधिवेशनको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्।

प्रकाशित कार्यसूचीअनुसार पहिलो बैठकले प्रदेश सभा निमावली, २०७४ लाई अंगीकार गरेर बैठक सञ्चालन गराउने प्रस्ताव सर्वसम्मतले पारित गर्नेछ। त्यसपछि प्रदेश १ सरकारले जारी गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ सम्बन्धित मन्त्रीले प्रदेश सभामा टेबल गर्नेछन्।

आइतबार प्रथम अधिवेशनको पहिलो बैठक बसेपछि २५ गतेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित हुने कार्यसूची छ। ४ मंसिरमा सम्पन्न दोस्रो आम निर्वाचको प्रत्यक्ष र समानुपातिकतर्फको सार्वजनिक मत परिणामअनुसार प्रदेश १ मा एमालेको प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १५ सिट गरी जम्मा ४० सांसद छन्। दोस्रो दल कांग्रेसको प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित जम्मा २९ सांसद छन्।

माओवादी केन्द्रको प्रत्यक्षमा नाै र समानुपातिकमा चार गरी जम्मा १३ सांसद छन्। यसैगरी, राप्रपाको प्रत्यक्षतर्फ दुई र समानुपातिक चार गरी ६, एकीकृत समाजवादीको प्रत्यक्ष तीन र समानुपातिक एक गरी चार तथा जनता समाजावादीको समानुपातिकमा एक सांसद निर्वाचित भएका छन्। प्रदेश १ सभामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी कुल ९३ सांसद छन्।