
जीवनशैली प्रस्तुत गर्ने कला मोडलिङ हो । यो नयाँँ पुस्तालाई बदलिँदो संसारसँग अपडेट गराइराख्ने विधा हो । पछिल्लो समय विश्वव्यापीकरणसँगै नेपालमा पनि मोडलिङ एउटा छुट्टै विधाका रूपमा विकसित भएको छ ।
विशेषगरी, युवापुस्ता यसप्रति आकर्षित छन् । सफल मोडल बन्न आकर्षक व्यक्तित्व आवश्यक छ । यसका लागि फिटनेसमा ध्यान दिनुपर्छ ।
मोडलिङमा ‘ब्रेन विथ ब्युटी’ सूत्र धेरै हदसम्म लागू हुने गर्छ । एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा आवश्यक ज्ञान पनि हुन आवश्यक छ । समाजमा भइरहेका देशको इतिहास, समाजको गति र परिवेशको ज्ञान हुनुपर्छ ।
यसबाहेक आफ्नो पेसाप्रतिको ज्ञान अत्यावश्यक छ । मिहिनेत, कडा अभ्यास र हँसिलो तथा मिलनसार स्वभाव सफल मोडलमा हुनुपर्ने गुण हुन् ।