१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

६ महिनाभित्रै बक्सिङ संघ निर्वाचनमा जाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४२:oo

नेपाल बक्सिङ संघले ६ महिनाभित्र अधिवेशनसहित निर्वाचन गर्ने भएको छ । संघको शुक्रबार बसेको पूर्ण कार्यसमिति बैठकले सो निर्णय गरेको हो । ‘बैठकले खेलकुद ऐन २०७७ को विधानअनुसार ६ महिनाभित्र अधिवेशनसहित निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गर्नेछ,’ संघका अध्यक्ष राम अवालेले भने । बैठकमा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्षले बक्सिङको दिगो विकासका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए । 

संघका सम्पूर्ण पदाधिकारी, सदस्य, संघका सस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पूर्वप्रमुख प्रशिक्षक तथा रेफ्री जर्जले बक्सिङ खेलको विकास र एकताका निम्ति हात उठाएर ऐक्यबद्धता जनाए । सो पूर्ण कार्यसमितिको बैठकको सभापतित्व संघका अध्यक्ष अवालेले गरेका थिए । बैठकअघि बक्सिङ खेलको दिगो विकासका लागि अग्रजहरूको सल्लाह, सुझाव पनि लिएको थियो । संघका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, पूर्वअध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठलगायत संघका कार्यसमितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।   

ad
ad