Skip This
सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Tuesday, 16 September, 2025
फाइल तस्बिर
२o७९ पौष १५ शुक्रबार १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १६:४५:oo

मर्स्याङ्दी नदीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। ३२ वर्षका सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेका हुन्। 

बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग.१ज ७३३५ नम्बरको जिपमा सवार लमजुङको मर्स्याङ्दी गाउँपालिका- ४, काप्रेभिरमा पिसाब फेर्ने क्रममा मर्स्याङ्दीमा खसेको प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल लमजुङका डिएसपी मानबहादुर शाहीले शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको बताए । रामेछापको लिखु तामाकोसी गाउँपालिका– ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको 22 नं गण गुहेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए।