Skip This
‘करिब ५७ लाख श्रीलंकालीलाई मानवीय सहायता आवश्यक’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Tuesday, 13 May, 2025
रासस कोलम्बो
२o७९ पौष १५ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘करिब ५७ लाख श्रीलंकालीलाई मानवीय सहायता आवश्यक’

Read Time : < 1 मिनेट
रासस, कोलम्बो
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १२:५७:oo

श्रीलंकाका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसीले बताएको छ। उक्त संस्थाका अनुसार श्रीलंकाका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा छन्।

हालैका केही महिनायता श्रीलंकाले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ। यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो समय श्रीलंकाले मुद्रास्फीति, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ। जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुँदै गएको छ। यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ।

खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा गरिएको छ।  मल, बिउको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नले राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ।

श्रीलंकमा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ। किसानले समयमै मल र बिउ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ। यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ। यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत नागरिक खाद्य असुरक्षाको समस्यामा परेका सो प्रतिवेदनमा उल्लेख छ।