मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १५ शुक्रबार १o:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल राष्ट्र बैंकले के–के काम गर्छ ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १o:o७:oo

नेपाल राष्ट्र बैंकले मुख्यतः नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरूको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनियम नीति तर्जुमा गर्ने काम गर्दछ ।

साथै, विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने, नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रूपमा कार्य गर्ने, भुक्तानी, फस्र्योट तथा हिसाब मिलान पद्धतिको प्रवद्र्धन एवं नियमन गर्ने तथा तरलता व्यवस्थापनलगायतका काम गर्दछ । 

यस बैंकमा नेपाल सरकार, अन्य सरकारी निकाय, वाणिज्य बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, विदेशी नियोग, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय संघ, संस्थाले खाता खोल्न सक्छन् । साथै, बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बढीमा एक वर्षका लागि कर्जा तथा पुनर्कर्जा प्रदान गर्न सक्छ । यस्तै, नेपाल सरकारलाई आवश्यक परेमा एक सय ८० दिनभित्र चुक्ता गर्ने गरी अधिविकर्ष सुविधा प्रदान गर्न सक्ने समेत व्यवस्था छ ।
स्रोत : नेपाल राष्ट्र बैंक