१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष १४ बिहीबार २१:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मर्स्याङ्दीमा जिप दुर्घटना, एकजनाको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
२०७९ पौष १४ बिहीबार २१:२५:००

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ८ भुलभुलेमा आज साँझ जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मेकी ४७ वर्षीया भिबकासी तामाङको मृत्यु भएको हो। 

दुर्घटनामा परेर ८ जना घाइते भएका छन्। रिङटाङकी अन्दाजी २० वर्षीया उर्मिला गुरुङ, सोही ठाउँकी २१ वर्षीया रिता गुरुङ, ३० वर्षीया मनमाया तामाङ र ३२ वर्षीया सीता गुरुङलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ। 

भुस्मेका १३ वर्षीय राज तामाङ, १३ वर्षकै हिमाल तामाङ, २८ वर्षीया काशी तामाङ र ओखलढुंगा खिजिबिम्बा गाउँपालिका– ७ की ६३ वर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मर्स्याङ्दीको भुस्मेतर्फ जाँदै गरेको ग. ३च ८३६१ नम्बरको बोलेरो जिप आज साँझ ५ बजेतिर दुर्घटना भएको हो। उक्त जिप उकालोमा ब्रेक फेल हुँदा बाटोबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए। उनका अनुसार जिपमा चालकसहित १० जना सवार थिए।