Skip This
'स्वतन्त्र'प्रति थापाको टिप्पणी- सबै ‘कम्बल ओडेर घ्यू खानेहरू’ हुन्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष १४ बिहीबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

'स्वतन्त्र'प्रति थापाको टिप्पणी- सबै ‘कम्बल ओडेर घ्यू खानेहरू’ हुन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १८:२९:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले राजनीतिमा आएका नयाँ अनुहार सबै ‘कम्बल ओडेर घ्यू खानेहरू’ भएको टिप्पणी गरेका छन्। मिडिया नेपालले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो टिप्पणी गरेका हुन्। 

उनले भने, ‘यी नयाँ स्वतन्त्र आदि इत्यादि जो छन्। हेर्नुस् यो समय काल परिस्थितिले देखाउने कुरा हो। भष्ट्राचारी त अपराधी त हुँदै हुन्, तर कम्बल ओडेर घ्यू खाने त्योभन्दा पनि ठूला डरलाग्दा अपराधी हुन्। यो अहिलेका जति पनि नयाँ आफूलाई उदयमान भनेर भन्छन्, यी सबै कम्बल ओडेर घ्यू खाने व्यक्तिहरू हुन्। कसैको नाम लिन चाहन्न।’

फरक प्रसंगमा थापाले नेपालमा ०६३ सालपछि सरकार गठनमा विदेशी हस्तक्षेप हुने गरेको बताए। निर्वाचनमा टिकट पाएदेखि जित्न, जितेपछि सरकार बनाउन बाह्य शक्तिको हस्तक्षेप हुने गरेको उनको भनाइ थियाे। उनले सत्तामा पुगेपछि आफनो सत्ता टिकाउन विदेशी अगाडि आत्मसमर्पण गर्ने बाटो रोज्ने मानसिकता हाबी भएको आरोप लगाए।  

हाल प्रचण्ड नेतृत्वमा गठन भएको सरकार पनि बाह्य हस्तक्षेपका शक्तिका कारण वा हस्तक्षेपपछि बनेको हो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा थापाले यसबारे अहिल्यै केही नभन्ने प्रतिक्रिया दिए। 

नेपालमा राजसंस्था फर्किने सम्भावना छैन

उनले आफू नेपालमा फरक पहिचान भएको शक्ति निर्माण गर्ने अभियानमा लागेको बताए। उनले १६ वर्षको देशको धरातलीय अवस्था, जनताको भावना र स्वयं राजा वा राजसंस्थाका गलत प्रवृत्ति र व्यवहारका कारण सेरोमोनियल रूपमा नेपालमा राजसंस्था रहनै नसक्ने अवस्था भएपछि आफूले राजसंस्थाको एजेन्डा छोडेको दाबी गरे।