Skip This
फेरि सर्‍यो ‘ए’ डिभिजन लिग, फागुन १९ देखि गर्ने सहमति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १४ बिहीबार १८:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फेरि सर्‍यो ‘ए’ डिभिजन लिग, फागुन १९ देखि गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १८:o१:oo

पुस अन्तिम सातालाई तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट क्लब र एन्फाबीचको छलफलपछि लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो। 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फा र क्लबका पदाधिकारीबीच भएको छलफलमा लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए। यसअघि एन्फाले पुस २६ देखि लिग गर्ने निर्णय भएको थियो। त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लबहरूलाई टिम दर्ता गर्न समयसीमा तोेकेको थियो। तर, उक्त दिन बसेको एन्फा र क्लब पदाधिकारीको बैठक दर्ताको विषयमा भने छलफल जारी नै रहेको संकटा क्लबका अध्यक्ष तुलाधरले जानकारी दिए।

एन्फाले योपटक डबल राउन्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो। त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो। विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्च बापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो ।

तर, एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लबहरूलाई दिन बाँकी नै छ। उक्त रकम थपेर एन्फाले क्लबहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनुपर्नेछ। एन्फाले नयाँ सिजनको लिग सुचारु गर्न पहिलो किस्तास्वरूप १५ लाख र बक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लबहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो। मंसिर २५ गतेभित्र क्लबहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो।