मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ पौष १४ बिहीबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा सदस्यले लिए शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १५:४८:oo

बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले एक सय नाैजना प्रदेश सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेश सभाका १२ जना सांसदले नेवारी तथा तीनजनाले तामाङ भाषामा शपथ लिएको संसद् सचिवालयले जानकारी दिएको छ। 

मातृभाषामा शपथ लिने प्रदेश सभा सांसदहरूमा कांग्रेसका तीन, एमालेका चार, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका एक र हाम्रो नेपाली पार्टीका दुईजना छन्।

सचिवालयका अनुसार कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जनले नेवारी भाषामा शपथ लिएका छन्।

यस्तै, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिएको सचिवालयले जनाएको छ। यसैगरी, माओवादी केन्द्रका पाँचमध्ये तीनजनाले नेवारी र दुईजनाले तामाङ भाषामा शपथ लिएका छन्।

यसैगरी माओवादीका गंगानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले नेवारी तथा राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिएको सचिवालयले जनाएको छ।

एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका दुईजना सदस्यहरू शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिएका छन्।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सदस्य छन्।

यसैबीच बागमती प्रदेश सभाको एघारौँ अधिवेशन यही पुस  १८ गते दिनको १ बजे बस्ने गरी मन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख कार्यालयले आह्वान गरेको छ।