
लिड्स युनाइटेडलाई ३–१ गोलअन्तरमा हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीको जितमा युवा स्टार अर्लिङ हालान्डले कीर्तिमानी गोल गरे । पहिलो हाफमा गोल गर्न निकै संघर्ष गरेको सिटीले इन्जुरी समयमा रोद्रीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा भने सिटीले थप दुई गोल गर्याे । ५१औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले ६४औँ मिनेटमा सिटीको अग्रता अझ बलियो बनाए भने व्यक्तिगत दोस्रो गोल गरे ।
योसँगै नर्वेका यी २२ वर्षीय खेलाडी हालान्डले प्रिमियर लिगको इतिहसमा सबैभन्दा छिटो २० गोल गर्ने पहिलो खेलाडीका रूपमा आफ्नो नाम लेखाए । उनले जम्मा १४ खेलमा २० गोल गरे ।
खेलमा फर्कने प्रयासमा रहेको लिड्सले ७३औँ मिनेटमा गोल फर्कायाे । तर, थप गोल गर्न नसक्दा आफ्नै गृहमैदानमा लिड्स सिटीलाई तीन अंक बुझाउन बाध्य भयो ।
लिगमा ४० अंकसहित शीर्ष स्थानमा छ भने सिटी ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । (एजेन्सीकाे सहयाेगमा)