Skip This
शिल्पीमा शिक्षा सुधारको सन्देश बोकेको नाटक ‘ज्ञानको चिहान’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Tuesday, 13 May, 2025
रासस काठमाडौं
२o७९ पौष १४ बिहीबार १३:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

शिल्पीमा शिक्षा सुधारको सन्देश बोकेको नाटक ‘ज्ञानको चिहान’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १३:१५:oo

शैक्षिक क्षेत्रका विसंगति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ। शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिनेछ। नाटकमार्फत विश्वविद्यालयमा भएका  राजनीतिक गतिविधिका रूप देखाइएको छ।

नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ। विश्वविद्यालयको शैक्षिक उन्नयनका निमित्त महत्वपूर्ण योगदान दिनुपर्ने प्रेरणा दिएको नाटकले हरेक कुरामा मूकदर्शकभन्दा पनि प्रतिवाद गर्न सक्नुपर्नेमा जोड दिएको छ।

राजनीति सुधार्न राजनीति नै गर्नुपर्छ भन्ने सन्देश नाटकको छ। १९ कलाकारको प्रस्तुति रहेको उक्त नाटकमा सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले निम्त्याएको समस्या, विश्वविद्यालयभित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटिएको छ। संगीत सापकोटाको निर्देशन रहेको सो नाटकको कथा पूर्णबहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार पारेका हुन्। नाटकको परिकल्पनाकार पञ्चा सिंह हुन्।
 
नाटकमा सौभाग्यसिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नतजंग उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सञ्जितप्रताप मल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवणसिंह रानामगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ।