१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ बैशाख २० बिहीबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

संखुवासभाको मायाखोला जलविद्युत् उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२६:oo

संखुवासभामा निर्माण सम्पन्न भएको १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । बुधबार प्रतिनिधिसभाका सांसद विनोद चौधरीले जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि चौधरीले नेपाल जलविद्युत्मा धनी रहेको बताउँदै यसको सही सदुपयोग गरी नेपाली जनताले लाभ लिन सक्नुपर्ने बताए ।

जलविद्युत् क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएकाले संखुवासभाले जलविद्युत्बाट आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो । 

आयोजना जिल्लाको धर्मदेवी नगरपालिका वडा नम्बर ३, ४ र ५ मा पर्छ । आयोजनाको लागत दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यसमध्ये विद्युत् विकास कम्पनी पशुपति इनर्जी डेभलपमेन्ट प्रालिको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत मायाखोला कम्पनी लिमिटेड र स्थानीयको सेयरमा आयोजना निर्माण भएको हो ।   

 हालसम्म संखुवासभाका विभिन्न खोलाबाट करिब २२ मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।
 

ad
ad