१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Monday, 30 June, 2025
२o७९ पौष १४ बिहीबार o७:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पेनिस टोलीसँग गण्डकीको हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार o७:५६:oo

पाहुना टोली स्पेनको कासेरेन्यो फुटबल क्लबले बुधबार गण्डकी ११ लाई ३–० ले पराजित गरेको छ । कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । कासेरेन्योको जितमा कार्मिलो, मिचेल कार्लियो र बेर्मुले एक–एक गोल गरेका थिए । खेलको सुरुदेखि नै कासेरेन्योले घरेलु टोली गण्डकीमाथि दबाब राखेको थियो । गण्डकीले रक्षात्मक रूपमा प्रस्तुत भएको थियो । गण्डकीले मध्यान्तरपछि खेलमा सुधार गरेको थियो । 

स्पेनको टोलीले बिहीबार काठमाडौंस्थित दशरथ रंगशालामा काठमाडौं ११ विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेलपछि कासेरेन्योका प्रशिक्षक जुलियो कोबोसले दुवै टोलीले प्रदर्शन राम्रो रहेको बताए । आफ्ना खेलाडीको तुलनामा गण्डकीका खेलाडीको खेल निकै छिटो रहेको उनले बताए । 

नेपाली टोलीमा एयर बलमा कमजोर रहेको उनको भनाइ छ । प्रशिक्षक जुलियोले नेपाल आउन पुनः तयार भएको जनाए । गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले स्पेनको टोलीसँगको खेलका लागि छोटो समयमा तयारी भएको जनाए । ‘हामीले छोटो समयमा तयारी गरेका थियौँ, तयारीअनुसार खेलाडीको प्रदर्शन राम्रो रह्यो,’ तामाङले भने, ‘स्पेनको टोलीसँग आफ्नै घरेलु मैदानमा खेल्न पाउनु ठूलो अवसर हो ।’ गण्डकीका कप्तान अनिल गुरुङले जित वा हारभन्दा अवसरका रूपमा लिएको बताए । 

‘यस खेलमा हामीले धेरै पक्ष सिक्ने अवसर पायौँ,’ गुरुङले भने, ‘शारीरिक तथा प्राविधिक रूपमा स्पेनिस खेलाडीका तुलनामा गण्डकी कमजोर थियो, तर सबै खेलाडीले राम्रो खेले ।’ लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोसे म्यानुयलले बुद्धको जन्मभूमि आएर फुटबल खेलेको बताए । 

सहारा र धरान भिड्ने
आयोजक सहारा र धरान क्लबले बिहीबारदेखि पोखरामा सुरु हुने २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै छन् । २३ पुससम्म चल्ने पोखरा गोल्डकपमा १० टोली सहभागी रहेका छन् । सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले प्रतियोगिताको उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउने बताए । प्रतियोगितामा पाँच विधाका उत्कृष्ट हुने खेलाडीसँगै सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।