मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हेमन्त शर्मा गायक
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १३ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नियमित ब्याडमिन्टन खेल्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १३ बुधबार १०:४०:००

शारीरिक रूपमा स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता छ । दैनिक खानामा सामान्य खानेकुरा समावेश गर्छु । समान्यतयाः दाल–भात–तरकारी खान्छु । यही खानुपर्छ भन्ने छैन । मौसमी फलफूल र सागसब्जी खानामा अनिवार्य समावेश गर्छु । प्रायजसो घरमै पकाएको खानेकुरा खान्छु । 

शारीरिक रूपमा तन्दुरुस्त रहन प्रत्येक दिन बिहान ब्याडमिन्टन खेल्छु । जसले गर्दा फिटनेसका लागि अन्य व्यायामको आवश्यकता पर्दैन । ब्याडमिन्टन खेल्दा रमाइलो पनि लाग्छ । शारीरिक अभ्यासका साथै मनोरञ्जन पनि प्राप्त भइरहेको हुन्छ । १०–१५ वर्ष भयो, ब्याडमिन्टन खेल्न थालेको । यो मेरा लागि दैनिकीजस्तै बनेको छ । ब्याडमिन्टन खेल्दा खलखल पसिना आउँछ । त्यसले मलाई शारीरिक रूपमा फिट रहन ठूलो भूमिका खेलेको छ ।

शारीरिक रूपमा स्वस्थ रहन एक्सरसाइज गर्न जरुरी छ । तर, शारीरिक रूपमा स्वस्थ रहन जिम सेन्टर जानैपर्छ भन्ने छैन । आफूलाई मन पर्ने खेल खेल्न सकिन्छ । यसले तपाईंलाई मानसिक रूपमा पनि स्फूर्त राख्छ र शरीरमा बेग्लै ऊर्जा दिन्छ ।