मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Friday, 31 July, 2026
गणेश लम्साल विराटनगर
२o७९ पौष १२ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा माओवादी संसदीय दलको नेतामा आङ्बो सर्वसम्मत  चयन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १६:o९:oo

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले पाँचथरबाट निर्वाचित आङ्बोलाई संसदीय दलको नेता चयन गरेको हो।

सर्वसम्मत निर्वाचित नेता आङ्बो पहिलो कार्यकालमा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए। उनी नेकपा विभाजनपछि पुनः आर्थिक न्त्रीसँगै दलको नेता पनि चयन भएका थिए।

नेता आङ्बोले आफूलाई प्रदेश १ को मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनले मुख्यमन्त्री नपाए मन्त्री मात्र बनेर सरकारमा नजाने बताएका छन्। प्रदेश १ सभामा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ नाै र समानुपातिकतर्फ चार गरी जम्मा १३ जना निर्वाचित भएका छन्।