मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Monday, 16 December, 2024
गणेश लम्साल विराटनगर
२o७९ पौष १२ मंगलबार १o:३६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा एमालेको सरकार बन्ने सम्भावना, सभामुखमा माओवादीको दाबी 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १o:३६:oo

केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको  छ । केन्द्रीय राजनीतिमा ‘युटर्न’ आएसँगै प्रदेश १ मा अब एमालेको नेतृत्वमा माओवादी, जसपा र राप्रपा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना बढेर गएको हो । 

एमाले संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भइसकेका छन् । यसैले उनकै नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन हुने प्रबल सम्भावना छ । किनभने प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले नै छ । एमालेले प्रत्यक्षतर्फ  २५ र समानुपातिकमा १५ सिट गरी जम्मा ४० सिट जितेको छ  ।

दोस्रो ठूलो दल कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित जम्मा २९ सिट जितेको छ ।  माओवादीले समानुपातिकमा चार र प्रत्यक्षमा नौ गरी जम्मा १३ सिट जितेको छ । राप्रपाले समानुपातिकमा चार र प्रत्यक्षमा दुई गरी जम्मा ६ सिट जितेको छ । जनता समाजवादीले समानुपातिकमा एक सिट जितेको छ । जनता समाजवादीले समानुपातिकबाट एक सिट मात्र जितेको छ । 

प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ सहित जम्मा ९३ जना सांसद रहेको प्रदेश १ मा सरकार बनाउन बहुमत पुयाउन जम्मा ४७ सिट चाहिन्छ । हाल एमाले, माओवादी, राप्रपा र जसपाको जम्मा ६० सांसद पुग्ने भएकाले सुविधाजनक बहुमत हुनेछ । यहाँ राप्रपा र जसपाले साथ नदिए पनि एमाले र माओवादीको ५३ सिट पुग्ने भएकाले सुविधाजनक बहुमत पुग्नेछ । 

मुख्यमन्त्री र सभामुखमा माओवादीको पनि दाबी 
केन्द्रीय सहमतिमा फेरबदल आए मात्र प्रदेश १ मा माओवादी नेतृत्वमा पनि नयाँ सरकार बन्न सक्नेछ  । त्यसैले माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । भागबन्डामा सहमति भएमा  वर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो माओवादीबाट मुख्यमन्त्री बन्नेछन् । तर, त्यो सम्भावना कम छ । किनभने ४० सिट जितेर सबैभन्दा ठूलो दल बनेको एमालेले मुख्यमन्त्री मात्र नभएर सभामुख पनि दाबी गरिरहेको छ । तर, प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बनेमा माओवादीले सभामुख आफूले पाउनुपर्ने दाबी गर्नेछ  । सभामुखमा शंखुवासभाबाट निर्वाचित माओवादी सांसद राजेन्द्र कार्कीको चर्चा छ । तर, एमालेले पनि पूर्व संघीय सांसद रेवतीरमण भण्डारीलगायतलाई सभामुखका लागि अगाडि सारेको छ ।