१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिके राउत मन्त्री नबन्ने, अब्दुल खानको नेतृत्वमा जनमत सरकारमा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o६:oo

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सरकारमा नजाने भएका छन् । उनले पार्टीका उपाध्यक्ष अब्दुस खानको नेतृत्वमा आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी दिएका छन् । 

सरकारमा सहभागी दलहरूलाई मन्त्रालय बाँडफाँड गर्न बसेको सत्तागठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालयसहित सरकारमा सहभागी गराउने निर्णय गरेको छ । 

बैठकको निर्णयबारे जानकारी दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको जानकारी दिए । 

उनले सो मन्त्रालयमा पार्टीका उपाध्यक्ष अब्दुल खानलाई पठाउने जानकारी दिए । खानले नै प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीको नेतृत्व गर्ने पनि बताए । 

समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खान बर्दिया गुलरियाका हुन् । ३६ वर्षीय खानले आजै मन्त्रीको शपथ लिनेछन् । 

ad
ad