१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ पौष १० आइतबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

Read Time : < 1 मिनेट
२०७९ पौष १० आइतबार १९:१९:००

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्। 

कास्की प्रदेश सभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। 

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेबाट २२ सांसद निर्वाचित भएका छन्। संसदीय दलको नेता चयनसँगै अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।