Skip This
प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १७:४७:oo

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन जुटाएका छन्। 

प्रधानमन्त्रीमा दाबी गर्दै प्रचण्डको नेतृत्वमा राष्ट्रपति कार्यालयमा दर्ता गरिएको निवेदनमा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको हस्ताक्षर रहेको छ। 

प्रचण्डले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन पाएका छन् । यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन्। 

प्रचण्डले २६५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति कार्यालयमा यही एउटा मात्रै प्रस्ताव पेस भएकाले राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसारको प्रधानमन्त्रीमा आजै प्रचण्डलाई नियुक्त गर्ने सम्भावना देखिएको छ। 

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने व्यवस्था छ। संसदमा कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा १ को सट्टा सीधै उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समय आज साँझ ५ बजेबाट सकिएको छ। 

 

 

ad
ad
ad
ad