१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटारमा देउवा र प्रचण्डसहित शीर्ष नेताको छलफल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३३:oo

नयाँ सरकार गठनका लागि सत्तागठबन्धन पेचिलो छलफलमा जुटिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने ‘बटमलाइन’ बनाएपछि सत्तागठबन्धन संकटमा परेको स्पष्ट देख्न सकिन्छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन दिएको एक साताको समय आज रातिबाट सकिँदै छ । त्यसैले गठबन्धनका नेताहरू घनीभूत छलफलमा जुटेका छन् ।

अहिले देउवा, प्रचण्ड, रामचन्द्र पौडेलबीच छलफल चलिरहेको वेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार प्रवेश गरेका छन्  । वार्ता जारी छ । 

ad
ad