मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Thursday, 18 September, 2025
रासस काठमाडौं
२o७९ पौष ८ शुक्रबार ११:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१२ सयले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार ११:४८:oo

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. एक हजार दुई सयले ओरालो लागेको छ। बिहीबार प्रतितोला रु. एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख तीन सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु. ९९ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन मूल्य रु. एक लाख एक हजार थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले घटेर प्रतितोला रु. एक हजार तीन सय ९० कायम भएको महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४.८ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।