मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Monday, 16 December, 2024
२o७९ पौष ८ शुक्रबार o८:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार o८:४२:oo

बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिँदो चिसो महसुस गरिरहेका छन् । 

मंसिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साताअघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो, तर बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिँदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका– ३ भेल्हीका उपेन्द्र रामले बताए।  

ब्रह्मपुरी गाउँपालिका– ३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताए । ‘बिहानैदेखि घरबाहिर निस्कन मुस्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ,’ उनले भने । 

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीनजनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका– ६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरूले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ। अत्यधिक चिसो तथा शीतलहरका कारण श्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए । 

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन्। अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ। चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि  गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ।

अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा श्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलंगवाका प्रमुख शंकर साहले जानकारी दिए । रासस