Skip This
कांग्रेसले चुनावी प्रक्रियाबाटै मधेसमा दलको नेता चुन्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Tuesday, 13 May, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७९ पौष ७ बिहीबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले चुनावी प्रक्रियाबाटै मधेसमा दलको नेता चुन्ने

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १९:३१:oo

सहमति जुट्न नसकेपछि कांग्रेसको मधेस प्रदेश कमिटीले चुनावी प्रक्रियाबाटै दलको नेता चयन गर्ने भएको छ।

कांग्रेसको मधेस प्रदेश समितिको बिहीबार बसेको बैठकले संसदीय दलको नेता छनाेट गर्न तीन सदस्य निर्वाचन समितिसमेत गठन गरेको छ।

पार्टीका मधेस प्रदेशका उपसभापति चन्दशेखरकुमार यादवको संयोजकत्वमा गठन गरिएको निर्वाचन कमिटीमा प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य छन्।

आज जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको बैठकमा मधेस प्रदेशमा सरकार गठनका लागि सत्तारुढ गठबन्धनका घटक दल तथा अन्य पार्टीहरूसँग वार्ता, संवाद तथा छलफल गर्ने जिम्मेवार प्रदेश सभापति तथा प्रदेश सभामा निर्वाचित कृष्णप्रसाद यादवलाई दिइएको छ।

प्रदेश सभापति कृष्णप्रसाद यादव, प्रदेशका पूर्वभौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिंहसहितका संसदीय दलका नेताका अकांक्षी रहेकोले चुनावी प्रक्रियाबाटै दलका नेता चयन गर्ने निर्णय गरेको हो।