१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार १७:५९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार १७:५९:००

सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ।

यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालमा रहेका १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगद भुक्तानी लिन सकिनेछ। साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा २४सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिने बताइएको छ।

सानिमा बैंकको रेमिट्यान्समार्फत युएई, मलेसिया, कतार, युके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ। साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ।