मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ७ बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस र एमालेले मिलेर सरकार बनाउनु उपयुक्त : सूर्य थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १७:१४:oo

नेकपा एमालेका सांसद सूर्य थापाले का‌ंग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्। मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका हुन्। 

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सरकारको नेतृत्वमा को आउनुहुन्छ? कांग्रेस आउनुहुन्छ कि माओवादी केन्द्रको आउनुहुन्छ कि। अब ठूला शक्ति भएको हुनाले  कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ।’

सांसद थापाले मुलुकको दीर्घकालीन हितकेन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा राखे। उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।