स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर)ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रु. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना यही पुस २० गतेसम्म लागू हुने र छुट अवधिभर हरेक ग्राहकले रु. ९०० सम्म छुट लिन सक्नेछन्।
कम्पनीका अनुसार स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)को सम्पूर्ण शाखाहमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एशिया मोबाइल बैंक, नमस्तेपे, प्रभुपे, सजिलोपे, मोरु, आइक्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।