कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि समितिसमेत गठन गरेको छ । कांग्रेस बागमती प्रदेश समितिका उपसभापतिसमेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रवक्ता रुवालीले बताए । समितिको सदस्यहरूमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले मंगलबारदेखि आफ्नो जिम्मेवारीमा रहेर निर्वाचनको प्रक्रिया सुरु गर्ने उनको भनाइ छ ।
बैठकले संसदीय दलको नेता चयन प्रक्रिया भने केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यक्रम सकिएपछि मात्रै चयन प्रक्रिया सुरु गर्ने र मिति तय गर्ने निर्णय भएको प्रवक्ता रुवालीले बताए ।
कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चुनावबाट छानिने
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
रिजाल टासी जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा द…
३४ करोड कर्जा दुरुपयोगको आरोपमा व्यवसायी बानियाँ पक्राउ
काठमाडौं/ ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोपमा व्यवसायी दीक्षान्त बानियाँ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान …
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डे
काठमाडौं/ सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। सरकारले लुम्बिनी क्षे…
पत्रकार पक्राउबारे प्रवक्ता भन्छन् – सरकारसँग अनुमति लिएको थिएन
काठमाडौं/ सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको जानकारीविना प्रहरीले पत्रकारलाई छलफल…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू
काठमाडौं/ मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल…
दुई वटा अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अन…