
सप्तरीको रुपनीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि अहिले यहाँको अवस्था तनावपूर्ण बनेको छ।
विद्यालय गइरहेकी किशोरीको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा उत्रिएको भिडले इलाका प्रहरी कार्यालय रुपनीमा तोडफोड गरेको छ।
आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका– १ मा ना.१क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारीलाई ठक्कर दिएको थियो। प्रदर्शन चर्कँदै गएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ।