Skip This
मेसीलाई लगाइदिएको कालो पोसाकको विशेषता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ५ मंगलबार o७:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीलाई लगाइदिएको कालो पोसाकको विशेषता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार o७:५१:oo

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न स्टेजमा पुगेका विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई कतारी राजा शेख तमिन विन अल थानीले कालो र सुनौलो रङको जालीदार पोसाक लगाइदिएका थिए । त्यो कालो र सुनौलो रङको पोसाक कस्तो किसिमको र किन मेसीलाई कतारी राजा थानीले लगाएको भन्ने जिज्ञासा उठिरहेको छ ।

लुसेल रंगशालामा आयोजित ट्रफी वितरण समारोहमा मेसीले लगाएको पोसाक विशेष थियो । कतारमा विशेष अवसर र विशिष्ट व्यक्तिलाई सम्मान गर्नका लागि यस्तो किसिमको पोसाक उपहार वा लगाइदिने चलन रहेछ । समकालीन फुटबलकै महान् खेलाडी बनेका मेसीको यसै सफलतामा कतारी राजा थानीले अर्जेन्टिनी कप्तानलाई पोसाक लगाइदिएका हुन् ।

‘यस्तो किसिमको पोसाक एक विशेष समारोहका लागि बनाइन्छ, हामीले मेसीको सफलताको सम्मानस्वरूप भेट गराएका हौँ,’ विश्वकप फुटबलको आयोजक समितिका महासचिव हसन अलले भने, ‘यसै समारोहबाट हामीले मुस्लिम राष्ट्रको संस्कृति पनि विश्वसामु चिनायौँ ।’ 

गोलरक्षक मार्टिनेजको अशोभनीय पोज

विश्वकपकै उत्कृष्ट गोलरक्षक बनेका इमिलियानो मार्टिनेजको एक अशोभनीय पोजले तहल्का मच्चाइरहेको छ । कतार विश्वकपमा उत्कृष्ट गोलरक्षक हुँदै ‘बेस्ट गोलकिपिङ ग्लोब’ जितेका मार्टिनेजले स्टेजमा शरीरको तल्लो भागमा प्रदर्शन गरेको ‘जेस्च’ भाइरल बनेको छ ।

गोल्डेन ग्लोब पाएपछि मार्टिनेज दर्शकसामु ट्रफीलाई कम्मरमुनि राखी अश्लील पोज दिएका थिए । वास्तवको उनले यो पोज फ्रेन्च दर्शकलाई लक्षित गर्दै प्रदर्शन गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा उनले फ्रान्सका शतप्रतिशत गोल प्रयासलाई उत्कृष्ट ढंगले बचाउ गरेका थिए ।

साथै, उनले टाइब्रेकरमा फ्रान्सका दुई खेलाडीको प्रहार विफल पारेका थिए । फ्रान्सका दर्शक तथा खेलाडीलाई गिज्याउने उद्देश्यका साथ उनले यस्तो अश्लील क्रियाकलाप गरेका थिए ।