Skip This
नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३ आइतबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १७:o२:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिने कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

आयोगले निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्रसमेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भएको उनको भनाइ छ। उनले एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत भइसक्ने उल्लेख गरे। निर्वाचनको मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उनले जानकारी दिए।

‘आजपछि नयाँ सरकार गठन हुने प्रक्रिया प्रारम्भ गर्न मार्गप्रशस्त भइसकेको हुनाले हामी सबै प्रक्रियाहरू हेरेर उपयुक्त समयमा राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनको प्रक्रियालाई अगाडि बढाउँछौँ,’ उनले भने।