मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २७ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २७ मंगलबार १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउनु असंवैधानिक : विवेकशील साझा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २७ मंगलबार १७:३२:oo

विवेकशील साझा पार्टीले सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउनु असंवैधानिक भएको प्रतिक्रिया दिएको छ। विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

‘काम चलाउ सरकारले सत्ता सौदाबाजीको दूषित मनसाय राखेर दुरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति विवेकशील साझा पार्टीको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्कोसमेत अवमूल्यन हो।’

सो पार्टीले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न अध्यादेश ल्याउँदा विधिको शासनमाथि नै प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ। नयाँ संसद् आउन लागेको अवस्थामा दुरगामी असर पार्ने सामरिक महत्वको विधेयक ल्याउनुलाई संसद्को क्षेत्राधिकारसमेत मिचेको विवेकशील साझाको ठहर छ। 

विवेकशील साझाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी पीडितहरूको समस्या सम्बोधन गर्न र अध्यादेश फिर्ता लिनसमेत माग गरेको छ।