मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार १६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निष्क्रिय भयो निर्वाचन आचारसंहिता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार १६:५०:००

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्क्रिय भएको छ। 

यही ४ मंसिरमा सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ। निर्वाचन आचारसंहिता, २०७९ गत असोज १२ देखि आचारसंहिता मुलुकभर लागू गरिएको थियो।