१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

मानिसको ध्यान खिच्दै नासाले सेयर गरेको शनिग्रहको पुरानो तस्बिर

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४९:oo

सन् २०१२ मा क्यासिनी अन्तरिक्षयानद्वारा खिचिएको यस तस्बिरले शनिग्रहको भव्य दृश्य देखाउँछ । नासाले यो आकर्षक तस्बिर शुक्रवार सेयर गरेको थियो । नासाले सेयर गरेपछि यो पोस्टमा शनिबारसम्म १५ लाखभन्दा बढी लाइक र हजारौँ कमेन्ट आएका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः आफ्नो सामाजिक सञ्जालका ह्यान्डलमा अन्तरिक्षका तस्बिर र भिडियो सेयर गर्छ जसले सामान्यतः इन्टरनेट प्रयोगकर्ताहरूलाई मंत्रमुग्ध बनाउने गरेको छ । नासाले कहिलेकाहीँ विभिन्न टेलिस्कोप र अन्तरिक्षयानबाट खिचिएका आश्चर्यजनक तस्बिर पनि सार्वजनिक गर्ने गर्छ । यसपटक नासाले क्यासिनी अन्तरिक्षयानले खिचेको एउटा मन छुने तस्बिर पोस्ट गरेको छ, जसमा शनिग्रहको अतिरिक्त यसका आइकनिक घेरा पनि छन् ।

‘सौर्यमण्डलको रत्नसमेत भनिने शनिमण्डलयुक्त ग्रह मात्र होइन, यसका घेरामण्डलहरू हाम्रो सौर्य प्रणालीका सबैभन्दा जटिल र विशिष्ट चिज पनि हुन्’, तस्बिरको क्याप्सनमा अमेरिकी अन्तरिक्ष निकाय नासाले लेखेको छ, ‘यी घेराहरू धूमकेतु, क्षुद्रग्रह, वा विशाल ग्यास ग्रहको गुरुत्वाकर्षणले च्यातेका चन्द्रमाका धुजा भएको ठानिन्छ ।’

२०१२ मा क्यासिनी अन्तरिक्षयानद्वारा खिचिएको यस तस्बिरले शनिग्रहको भव्य दृश्य देखाउँछ । तस्बिर खिच्दा अन्तरिक्षयान शनिको छायाँतर्फ थियो । नासाका अनुसार, क्यामेरा शनि र सूर्यतिर घुमाइएको थियो ताकि शनि र यसका घेर दोछायाँमा परून् । यो तस्बिर इन्फ्रारेड, रातो र बैजनी स्पेक्ट्रल फिल्टर प्रयोग गरी खिचिएको र यो रंगीन दृश्य सिर्जना गर्न तीनलाई संयोजन गरिएको नासाले जनाएको छ ।

नासाले यो आकर्षक तस्बिर शुक्रबार सेयर गरेको थियो । नासाले सेयर गरेपछि यो पोस्टमा शनिबारसम्म १५ लाखभन्दा बढी लाइक र हजारौँ कमेन्ट आएका छन् । केही इन्टरनेट प्रयोगकर्ताहरूले यो तस्बिरलाई काल्पनिक भनेका छन् भने अरूले चाहिँ भव्य भनेका छन् । 

‘अन्तरिक्ष एकदमै आकर्षक छ’, एक प्रयोगकर्ता लेख्छन् । ‘ ब्रह्माण्डको कस्तो उत्कृष्ट तस्बिर’, अर्काले टिप्पणी गर्छन् । त्यसैगरी अर्काे टिप्पणी छ, ‘आफ्नै आँखाले नदेखेसम्म शनिग्रहको तस्बिर मलाई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताले बनाएको तस्बिरजस्तो देखिन छाड्ने छैन ।’

क्यासिनी अन्तरिक्षयानले सन् २०१७ को सेप्टेम्बर १५ मा यसले आकाशगंगासँग बिदाई मागेको थियो । नासा, युरोपेली अन्तरिक्ष निकाय र इटालियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा भएको उक्त अन्वेषण सन् १९९७ मा सुरु गरिएको थियो । यो यानले आफ्नो आयुमा घेरा आकारको ग्रह र यसका थुप्रै चन्द्रमाहरूको अद्भूत तस्बिरहरू पठाएको थियो । 

यसैबीच, नासाको हर्बल स्पेस टेलिस्कोपले हालै असामान्य तारा क्लस्टरको दोहोरो दृश्य खिचेको छ । नासाले ब्रह्माण्डका हजारौँ चम्किला तारायुक्त ‘ग्लोबुलर क्लस्टर’का तस्बिर इन्स्टाग्राममा सेयर गरेको छ । ग्लोबुलर क्लस्टर पृथ्वीबाट एक लाख ६० हजार प्रकाश–वर्ष टाढा छ । नासाको प्रेस विज्ञप्तिअनुसार यी पिण्डबाट निस्कने प्रकाशका विभिन्न तरंग अध्ययन गर्न विभिन्न फिल्टरहरू प्रयोग गरिएको थियो ।
 

ad
ad