१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार १७:१३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल मर्चेन्ट बैंकर्स संघको १३औँ साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार १७:१३:००

नेपाल मर्चेन्ट बैंकर्स संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। नगरकोटस्थित क्लब हिमालयमा बुधबार संघको १३औँ वार्षिक साधारणसभा गरिएको हो।

उक्त वार्षिक साधारणसभाले सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष विजयलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआइसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकका मनीषनारायण जोशी चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली, नेपाल लाइफ क्यापिटलका नवीन बास्कोटा र मानार्थ सदस्यका रूपमा एनआइबिएल एस क्यापिटलका मेखबहादुर थापा चयन भएका छन्।