मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Monday, 16 December, 2024
कमल खत्री म्याग्दी
२o७९ मङ्सिर २१ बुधबार १५:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार १५:११:oo

म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न बुधबार बिहान भवन निर्माणपरिसर पुगेका करिब ४५ वर्षीय बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्नपूर्ण गाउँपालिका– ६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लागेका थिए। डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासि खसेर पुरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।  ढिस्कोले पुरिएको एक घन्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी उनलाई बेनी अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुर्‍याएलगत्तै उपचारका क्रममा बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनी निर्माण व्यवसायी संघ म्याग्दीका कार्यसमिति सदस्यसमेत थिए।