‘इभी नेपाल एक्सपो २०२२’मा राफ्ट स्कुटरको स्टल उत्कृष्ट घोषित

मंगलबार, २० मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको ‘इभी नेपाल एक्सपो २०२२’मा आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा मंसिर १६, १७ र १८ गते भएको प्रदर्शनीमा राफ्ट स्कुटरको स्टल नम्बर १ घोषित भएको हो । 

आइएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका तीन मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । तीमध्ये एक नेपाली बजारमा सबैभन्दा बढी अर्थात् सिंगल चार्जमा तीन सय २० किलो मिटर रेन्ज दिने राफ्ट इन्दस स्कुटर पनि रहेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा राखिएका अन्य स्कुटरका मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा रहेको जनाइएको छ । 

राफ्ट इन्दस एक हजार र दुई हजार वाट मोटर गरी दुई मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक हजार वाटको इन्दसले सिंगल चार्जमा तीन सय २० किलोमिटर र दुई हजार वाटको इन्दसले बढी पावर र तीन सय किलोमिटर रेन्ज दिने जनाइएको छ ।

एक्सपोको अवसरमा एक हजारभन्दा बढी अवलोकनकर्ता आएको र त्यसमध्ये पाँच सयभन्दा बढीले स्कुटरको बारेमा सोधपुछ गरेको जनाइएको छ । त्यसमध्ये तीन सयभन्दा बढी अवलोकनकर्ताले टेस्टराइडसमेत गरेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा ४३ वटा स्कुटर बुकिङ भएको जनाइएको छ । आइएमई इलेक्ट्रिकले पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन गरेको इलेक्ट्रिक स्कुटरप्रति अवलोकनकर्ताले निकै नै रुचि राखेको दाबी गरेको छ । 

आगामी दिनमा अझै धेरै ग्राहकका बीचमा पुग्ने र भारतीय ब्रान्ड राफ्ट इलेक्ट्रिक स्कुटरको टेस्टराइड अनुभव प्रदान गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।  स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, तीन ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी, रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमलगायतका विशेषतासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार