१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १०:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘इभी नेपाल एक्सपो २०२२’मा राफ्ट स्कुटरको स्टल उत्कृष्ट घोषित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १०:४३:००

काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको ‘इभी नेपाल एक्सपो २०२२’मा आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा मंसिर १६, १७ र १८ गते भएको प्रदर्शनीमा राफ्ट स्कुटरको स्टल नम्बर १ घोषित भएको हो । 

आइएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका तीन मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । तीमध्ये एक नेपाली बजारमा सबैभन्दा बढी अर्थात् सिंगल चार्जमा तीन सय २० किलो मिटर रेन्ज दिने राफ्ट इन्दस स्कुटर पनि रहेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा राखिएका अन्य स्कुटरका मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा रहेको जनाइएको छ । 

राफ्ट इन्दस एक हजार र दुई हजार वाट मोटर गरी दुई मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक हजार वाटको इन्दसले सिंगल चार्जमा तीन सय २० किलोमिटर र दुई हजार वाटको इन्दसले बढी पावर र तीन सय किलोमिटर रेन्ज दिने जनाइएको छ ।

एक्सपोको अवसरमा एक हजारभन्दा बढी अवलोकनकर्ता आएको र त्यसमध्ये पाँच सयभन्दा बढीले स्कुटरको बारेमा सोधपुछ गरेको जनाइएको छ । त्यसमध्ये तीन सयभन्दा बढी अवलोकनकर्ताले टेस्टराइडसमेत गरेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा ४३ वटा स्कुटर बुकिङ भएको जनाइएको छ । आइएमई इलेक्ट्रिकले पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन गरेको इलेक्ट्रिक स्कुटरप्रति अवलोकनकर्ताले निकै नै रुचि राखेको दाबी गरेको छ । 

आगामी दिनमा अझै धेरै ग्राहकका बीचमा पुग्ने र भारतीय ब्रान्ड राफ्ट इलेक्ट्रिक स्कुटरको टेस्टराइड अनुभव प्रदान गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।  स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, तीन ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी, रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमलगायतका विशेषतासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।