Skip This
स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Tuesday, 16 September, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १९ सोमबार २१:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार २१:१६:oo

मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 

मनाङेले आज एक विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन्। 

‘अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले अहिले देशमा रहेका पार्टीहरूमध्ये एकीकृत समाजवादी मात्र आफ्नो पवित्र उद्देश्यसँग मेल खाने पार्टी भएको मनाङेले उल्लेख गरेका छन्।