१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर १९ सोमबार १२:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गोल्डेन बुटका दाबेदार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार १२:o४:oo

केलियन एम्बाप्पे (फ्रान्स)
साबिक विजेता फ्रान्सका मुख्य स्ट्राइकर केलियन एम्बाप्पे लयमा हुँदा मिडफिल्डका खेलाडी दंग पर्छन् । मिडफिल्डरले निकै मिहिनेतका साथ निकालेको पासमा एम्बाप्पे गोल गर्छन् । चालू विश्वकपमा गोल्डेन बुटको दाबेदार खेलाडीमा एम्बाप्पे पनि छन् । उनले चार खेलमा पाँच गोल गरेका छन् । यसैगरी, एकपटक उनले असिस्ट गरे । एम्बाप्पेले अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । फ्रान्सले डेनमार्कसँग प्रतिस्पर्धा गरेको थियो । यस खेलमा एम्बाप्पेले गोल गर्दा फ्रान्स २–१ ले विजयी भयो । उनले प्रिक्वार्टरफाइनलमा पोल्यान्डविरुद्ध दुई गोल गरे । 

अल्भारो मोराटा (स्पेन)
स्पेनिस स्ट्राइकर अल्भारो मोराटा उत्कृष्ट फर्ममा छन् । मोराटाले समूह ‘ई’ जापान, जर्मनी तथा कोस्टारिकाविरुद्ध गोल गरेका थिए । यसै प्रदर्शनका आधारमा मोराटा प्रतियोगिताकै सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन् । विश्वकपमा उनले एकपटक गोलका लागि सिर्जना गरेका थिए । मोराटाले विश्वकपमा प्रति ४२ मिनेटमा गोल गरेका छन् । तीन खेलमा उनले ६ सट खेलेका छन् । पोस्टमा उनले ८३ प्रतिशत सट एक्युरेसीमा प्रहार गर्न सक्छन् ।

लियोनल मेसी (अर्जेन्टिना)
अर्जेन्टिना कतार विश्वकपको क्वार्टरफाइनलमा पुग्दा कप्तान लियोनल मेसीले प्रेरणादायी प्रदर्शन गरेका छन् । सम्भवतः जीवनकै अन्तिम विश्वकप बनाइरहेका मेसीले यसलाई यादगार बनाउन चाहन्छन् । यसै कारण मेसी प्रत्येक खेलमा शतप्रतिशत मिहिनेत गरिरहेका छन् । प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हराउँदा मेसीले एक गोल गरेका थिए । उनले चार खेलमा तीन गोल गरी गोल्डेन बुट दौडमा आफूलाई उभ्याएका छन् । ३५ वर्षीय मेसीले साउदी अरेबियाविरुद्ध पेनाल्टी गरेका थिए । उनले मेक्सिकोविरुद्धको खेलमा पनि गोल गरे । मेसीले एक खेलमा गोलका लागि असिस्ट गरेका थिए । मेसीले पनि प्रति १२० मिनेटमा गोल गरेका छन् । मैदानमा उनको प्रहार ५९ प्रतिशत एक्युरेसी रहेको छ । प्रतियोगितामा मेसीले १७ पटक गोलका लागि प्रयास गरे ।  

मार्कस रास्फोर्ड (इंग्ल्यान्ड)
इंग्ल्यान्ड प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा युवा स्ट्राइकर रास्फोर्डको योगदान बिर्सन मिल्दैन । इंग्लिस क्लबमा आबद्ध रास्फोर्डले समूह चरणमा तीन गोल गरेका छन् । इंग्ल्यान्डले इरानमाथि ६–२ को जित निकाल्दा उनले दुई गोल गरेका थिए । विश्वकपमा शतप्रतिशत फिट रहँदा इंग्ल्यान्ड ढुक्क बसेको छ । चालू विश्वकपमा उनले एकपटक पनि गोल असिस्ट गरेका छैनन् । उनले प्रति ३६ मिनेटमा गोल गरेका छन् । पोस्टमा उनको प्रहार ८६ प्रतिशत एक्युरेसीमा पर्छ । तीन खेलमा रास्फोर्डले सातपटक गोल प्रयास गरेका छन् । 

कोडी ग्याक्पो (नेदरल्यान्ड्स)
आठ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा फर्किएको हो । सन् २०१४ को उपविजेता नेदरल्यान्ड्स चार वर्षअघि आयोजना भएको रसिया विश्वकपमा छनोट भएन । यसपटक विश्वकपमा फर्कंदा नेदरल्यान्ड्स पूरै आक्रामक रूपमा फर्कियो । नेदरल्यान्ड्सका एक खेलाडी सर्वाधिक चर्चामा छन् । कोडी गोल्डेन बुटको हकदार खेलाडीका रूपमा उभिएका छन् । उनले तीन खेलमा तीनै गोल गरेका छन् । प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराए पनि फर्ममा रहेका कोडीले गोल गर्न सकेनन् । कोडीले प्रति ८५ मिनेटमा गोल गरेका छन् । उनको प्रहार प्रतिशत १०० प्रतिशत रहेको छ । 

ब्रुनो फर्नान्डेज (पोर्चुगल)
कप्तान क्रिस्टियानो रोनाल्डोको छाया परेका फर्नान्डेज मौका पाउँदा स्टार खेलाडीलाई समेत पछि पार्छन् ।उरुग्वेविरुद्धको खेलमा पोर्चुगलले प्रतिस्पर्धा गरेको थियो । दुईपटकको विजेता उरुग्वेविरुद्ध फर्नान्डेजले दुई गोल गर्दै टोलीलाई नकआउट चरणको स्थान पक्का गराए । फर्नान्डेजले तीन गोल गरे पनि उनले प्रतिगोलका लागि एक सय १३ मिनेट लगाएका छन् । तर, फर्नान्डेजको गोल एक्युरेसी प्रतिशत पनि सय नै रहेको छ । 

इनर भ्यालेन्सिया (इक्वेडर)
विश्वकपको समूह ‘ए’मा रहेको इक्वेडरले प्रभावशाली प्रदर्शन गरे पनि नकआउट चरणमा स्थान बनाउन सकेनन् । इक्वेडरका लागि इनर भ्यालेन्सियाले तीन खेलमा तीनै गोल गरी गोल्डेन बुटको दाबेदारमा उभ्याए । तर, इक्वेडर समूह चरणबाटै बाहिरिँदा भ्यालेन्सियाको गोल्डेन बुटको दाबेदारी फिक्का पर्न सक्छ । उनले विश्वकपकै उद्घाटन खेलमा कतारविरुद्ध दुई गोल गरे । युरोपियन राष्ट्र नेदरल्यान्ड्ससँगको खेलमा उनले एक गोल फर्काए । उनले प्रति ८५ मिनेटमा एक गोल गरेका छन् । 

 

ad
ad
ad
ad