मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १९ सोमबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पूर्वाधार तयार नहुँदै राजधानी दाङ नसार्न कांग्रेस र एमालेको माग

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०८:५५:००

कांग्रेस र एमालेले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ तत्काल नसार्न माग गरेका छन् । कांग्रेस र एमालेका प्रदेश सभा सदस्यहरूले पूर्वाधार निर्माणविना लुम्बिनी प्रदेशको राजधानी नसार्न माग गरेका हुन् । 

एमाले रुपन्देहीले बुटवलबाट हतारमा मन्त्रालयहरू सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ । जिल्ला अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गर्दै कामचलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्न मन्त्रालयहरू सार्न हतारो गरेको बताएका छन् ।

एमालेबाट निर्वाचित रुपन्देहीका चारजना प्रदेश सांसदले प्रदेशको राजधानी नसार्न माग गरेका छन् । त्यस्तै, कांग्रेस रुपन्देहीले पनि प्रदेशको अस्थायी मुकाम दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।