१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालगन्ज र जानकीमा सिभिल बैंकको ‘गो क्यासलेस’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१६:oo

सिभिल बैंकले नेपालगन्ज र जानकीमा ‘गो क्यासलेस’ अभियान सुरु गरेको छ। १० मंसिरमा आफ्नो १२औँ वार्षिकोत्सवको अवसर पारेर नेपालगन्ज र जानकीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उक्त अभियान सुरु गरिएको हो।

जानकीमा आयोजित अभियानको उद्घाटन कार्यक्रम जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवी कठरियाको प्रमुख आतिथ्यता सम्पन्न भयो। सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष कठरियाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिकालाई अभियानमा छनाेट गरेकोमा सिभिल बैंकलाई धन्यबाद दिइन्।

त्यसैगरी नेपालगन्जमा आयोजित कार्यक्रम प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न भयो। कार्यक्रममा उनले डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकले सुविधासँगै सुरक्षा प्रदान गरेको बताए।

२०१९ अगस्टदेखि सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरूसम्म पुगेको छ। ४० हजारभन्दा बढी क्युआर मर्चेन्टहरूलाई आबद्ध गरिसकेको बैंकले जनाएको छ।

ad
ad