एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको हो । बास्कोटाको घरको बाहिरी पर्खालमा प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।
घरको पर्खालमा शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली बास्कोटाको घरमा पुगिसकेको छ भने नेपाल प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री बास्कोटा काभ्रे २ बाट नवनिर्वाचित सांसद हुन् ।