Skip This
नेपाल र खड्काबीच भेटवार्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १७ शनिबार १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र खड्काबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार १९:३६:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो। 

खड्काको निजी सचिवालयले दिएको जानकारीअनुसार भेटमा वर्तमान सत्तागठबन्धनलाई नै नयाँ सरकार बनाउन निरन्तरता दिने विषयमा छलफल भएको थियो। 

सरकार गठन तथा स्थायित्वका लागि अन्य केही दललाई पनि गठबन्धनमा सहभागी गराउने विषयमा पनि छलफल भएको खड्काको निजी सचिवालयले जानकारी दिएको छ। 

भेटमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा दुवैले एकअर्कालाई बधाई दिएका थिए।