Skip This
नेतृत्वको विरोध गर्दा आफैँमाथि प्रहार हुने डरले चुप लागेँ : चन्द्र भण्डारी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Wednesday, 17 September, 2025
२o७९ मङ्सिर १६ शुक्रबार २o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्वको विरोध गर्दा आफैँमाथि प्रहार हुने डरले चुप लागेँ : चन्द्र भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार २o:o४:oo

कांग्रेसका नेता तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन्। 

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित बिपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए।  

उनले निर्वाचनको वेलामा नेतृत्वको विरोध गर्दा झन् आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए। ‘अब निर्वाचन सकियो, काठमाडौं जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वका विषयमा बोल्नेछु,’ नेता भण्डारीले भने। 

वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्नभिन्न आकलन र अड्कलबाजी चलिरहेको भन्दै उनले  कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताए। 

पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो। नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताए। 

उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए। भण्डारीले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमुना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।