Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

'गठबन्धन भत्काएर आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गराैँ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १६:३५:००

नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन्। 

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने बताएका हुन्। 

सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने उनले बताए।

उनले संघ र सातवटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गरे। ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ। अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर, हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ,’ उनले भने। 

उनले अबको पावर सेयरिङमा एमालेको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए। उनले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

गुरुङले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेकोसमेत दोहोर्‍याए।