मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७९ मङ्सिर १६ शुक्रबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यालय प्रमुखद्वारा कार्यालयकै छतमा झुन्डिएर आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १५:५९:oo

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेका छन्।

शुक्रबार बिहान पौने ११ बजेतिर धुलिखेलस्थित आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले जानकारी दिए। आत्महत्या गर्ने घिमिरे काठमाडौ मातातीर्थका स्थायी बासिन्दा रहेका प्रहरीले जनाएको छ।

कार्यालयको छतमा रहेको ट्रस्टको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको जोशीले जानकारी दिए। घिमिरेको परिवार आइपुगेपछि पोस्टमार्टमका लागि शव लैजाने प्रहरीको तयारी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ।