मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Monday, 14 July, 2025
अमुल थापा काठमाडौं
२o७९ मङ्सिर १४ बुधबार १६:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी तयार पारिँदै छ संसद् भवन [फोटोफिचर] 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १६:३६:oo

४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै संसद् सञ्चालनको तयारी सुरु भएको छ। 

निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै संघीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ। 

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। 

प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरूले नयाँ सरकार गठनको पहल गर्ने र नयाँ सरकार गठनपछि उक्त सरकारले संसद् बैठकको अधिवेशन आह्वान गर्नेछ।