फिफा विश्वकपमा पहिलो गोल गर्ने खेलाडी थिए फ्रान्सका लुसियन लौरेन्ट हुन् । सन् १९३० को पहिलो विश्वकपमा लौरेन्टले मेक्सिकोविरुद्ध गोल गरेका थिए । सो विश्वकपमा अर्जेन्टिनाका गुइलेर्माे स्टापिल आठ गोल गरेका थिए । पहिलो संस्कणमा २२ खेलाडीले गोल गर्न सफल भए । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले सर्वाधिक १६ गोल गरेका छन् । ब्राजिलका रोनाल्डोको नाममा १५ गोल रहेको छ ।
१. मिरोस्लाभ क्लोज (जर्मनी)
गोलसंख्या १६
जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले विश्वकप कीर्तिमान राखेका छन् । क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल गरेका छन् । उनले यो सफलता २४ खेलबाट प्राप्त गरेका थिए । जर्मनी टोलीबाट सन् २००२ मा दक्षिण कोरिया र जापानले आयोजना गरेको विश्वकपमा डेब्यु गरेका थिए । जर्मनीले सन् २००६ मा घरमै विश्वकप आयोजना गरेको थियो । यसमा उनले उत्कृष्ट प्रदर्शन गरे । सन् २०१० को दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकपमा गोल गर्दै क्लोजले ब्राजिलियन खेलाडी रोनाल्डोको नाममा रहेको १५ सर्वाधिक गोलको रेकर्ड तोडे । क्लोजका जर्मनीका सर्वकालीन टप स्कोरर हुन् । उनले जर्मनीबाट एक ३७ खेल खेलेमा ७१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
२. रोनाल्डो (ब्राजिल)
गोल संख्या १५
ब्राजिलले पेलेपछि रोनाल्डोलाई उत्कृष्ट स्ट्राइकरका रूपमा पाएको छ । क्लोजले विश्व कीर्तिमान राख्नुअघि रोनाल्डो नै विश्वकपका सर्वाधिक गोलकर्ता थिए । रोनाल्डोको गोल रेकर्ड तोड्न क्लोजलाई आठ वर्ष लागेको थियो । रोनाल्डोले तीन विश्वकप खेल्दा सर्वाधिक १५ गोल गरेका थिए । उनले १९ खेलमा यो सफलता प्राप्त गरेका हुन् । सन् ११९४ को ब्राजिलियन टोलीमा रोनाल्डो थिए । उनी अधिकांश समय बेन्चमै रहे । त्यसवेला एकसेएक उत्कृष्ट खेलाडी भएका कारण रोनाल्डोले मौका नै पाएनन् । सन् १९९८ को विश्वकप सेमिफाइनलसम्म रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे । फाइनलमा फ्रान्ससँगको प्रतिस्पर्धामा रोनाल्डो बिरामी परेका थिए । जसका कारण फाइनलमा उनको खेल औसत मात्र रह्यो । सन् २००२ मा रोनाल्डोले आफ्नो एकल प्रदर्शनमा ब्राजिललाई पाँचौँपटक उपाधि दिलाए ।
३. गर्ड मुलर (जर्मनी)
गोल संख्या १४
जर्मनीका स्ट्राइकर गड मुलरले केवल दुईपटक मात्र विश्वकप खेले । तर, दुईवटा विश्वकप खेलमा उनले कीर्तिमान नै रचे । उनले सन् १९७० र १९७४ को विश्वकपमा गरी १४ गोल गरेका थिए । त्यसवेला उनले पश्चिम जर्मनीबाट विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनले विश्वकपमा ब्याक टु ब्याक ह्याट्रिकको कीर्तिमान राखेका छन् । पेरु तथा बुल्गेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका मुलरले विश्वकपमा १३ खेल खेलेका छन् । विश्वकपमा मुलरको सर्वाधिक गोल रेकर्ड ३२ वर्षपछि तोडिएको थियो । उनको यो रेकर्डलाई ब्राजिलका रोनाल्डोले सन् २००६ मा तोडेका थिए ।
४. जस्ट फोस्टैन (फ्रान्स)
गोल संख्या १३
फ्रान्सका फोस्टेनले एउटा मात्र विश्वकपमा भाग लिए । तर, उनले एकपटक खेलेको विश्वकपमै तहल्का मच्चाए । सन् १९५८ को विश्वकपमा केवल ६ खेलमा सहभागिता जनाउँदा उनले १३ गोल गर्न सफल भए । उनको प्रतिखेलको गोल औसत २.१७ रहेको थियो । त्यसवेला फ्रान्सले प्रतियोगितामा कुल २३ गोल गरेको थियो । जसमा उनको योगदान ५३ प्रतिशत रह्यो । सन् १९६२ मा चोटका कारण २३ वर्षको उमेरमै उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए ।
५. पेले (ब्राजिल)
गोल संख्या १२
ब्राजिलका सर्वकालीन खेलाडी पेलेले तीनपटक विश्वकप उपाधि उचालेका छन् । विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा पाँचाैँ स्थानमा रहेका पेलेले एक पटक पनि गोल्डेन बुट जित्न सकेनन् । उनले विश्वकपमा १४ खेल खेल्दा १२ गोल गरेका छन् । पेलेले सन् १९५८, १९६२, १९६६ र १९७० को विश्वकप खेलेका छन् । सन् १९५८ को विश्वकपमा उनले फ्रान्सविरुद्ध ह्याट्रिक गोल गरेका थिए । ब्राजिलबाट विभिन्न कीर्तिमान राखेका रोनाल्डोले सन् १९५७ देखि १९७१ सम्म खेलेका थिए । ब्राजिलका लागि पेलेले ७७ गोल गरेका छन् ।
६. सान्डोर कोसिस (हंगेरी)
गोल संख्या ११
हंगेरीका सन्डोर कोक्सिसले पाँच खेलमा ११ गोल गरेका छन् । सन् १९५४ को विश्वकपमा सनसनी मच्चाउने क्रममा सन्डोर सर्वाधिक गोलकर्ता चुनिएका थिए । यस्तो उपलब्धि हासिल गर्ने सान्डोर तेस्रो खेलाडी हुन् । उनले दक्षिण कोरियाविरुद्ध ह्याट्रिक गरेका थिए । जर्मनविरुद्ध जितमा चार गोल गरेका थिए । क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध दुई गोल गरेका थिए । सेमिफाइनलमा समेत उनले उरुग्वेविरुद्ध दुई गोल गरेका थिए । फाइनलमा भने हंगेरी पूर्वी जर्मनीसँग ३–२ ले पराजित भएको थियो ।