१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार २०:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तेस्रो प्रयासमा भगवतीले मारिन् बाजी, गच्छदार पराजित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार २०:४९:००

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । मंगलबार साँझ निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई करिब पाँच हजार मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएकी हुन् । 

कुल ९२ हजार चार सय ५२ मत गणना गर्दा चौधरीले ४० हजार सात सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार निकटतम् प्रतिस्पर्धी गच्छदारले ३५ हजार चार सय ५२ मत प्राप्त गरे । सो क्षेत्रमा सुरुवाती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार चार सय ५३ मत पाए । 

०५१ मा फरवार्ड नामक सामाजिक संस्था र त्यसपछि सोही संस्थालाई लगुवित्तको रूपमा सञ्चालन गर्दै राजनीतिमा आएकी चौधरी यसअघिका दुई निर्वाचनमा गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । ०४८ देखि निरन्तर निर्वाचित भइरहेका गच्छदारको संसदीय यात्रामा यसपटक ब्रेक लागेको छ । उनी अहिलेसम्म १२ पटक मन्त्री भइसकेका छन् ।

प्रदेशसभा सदस्यमा पनि एमालेकै वर्चस्व
क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा सदस्यका लागि दुवै क्षेत्रबाट एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । 

क्षेत्र नम्बर ३(क) बाट एमालेका रोहितबहादुर कार्की निकटतम् प्रतिस्पर्धी सत्तागठबन्धनकाबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सरस्वती पोखरेललाई नौ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले नाै हजार चार सय ९८ मत प्राप्त गरिन् । 

त्यसैगरी, प्रदेश सभा सदस्य ३ (ख) मा एमालेका रामदेव यादव निर्वाचित भएका छन् । उनले १९ हजार चार सय ७९ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी कांग्रेसका विन्देश्वर यादवले १८ हजार आठ सय ९१ मत प्राप्त गरे ।