मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Monday, 16 December, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १३ मंगलबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार १६:१६:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।

देश दक्षिणपन्थी दिशातर्फ नजाओस् भन्ने विषय महसुस गर्दै गठबन्धन दलसँगको सहकार्यलाई निरन्तरता दिने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए। ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍याैँ। यस हिसाबमा गठबन्धन दलहरूसँगको हाम्रो जुन सहकार्य छ, त्यसलाई अघि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ,’ उनले भने।

बैठकमा निर्वाचनको प्रारम्भिक परिणामको समीक्षासमेत भएको बताइएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा कानुनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए।